प्रि–ओपन सेसनमा सामान्य अंकले घट्यो नेप्से सूचक
काठमाडौं, बैशाख २६ गते । प्रि–ओपन सेसनमा आज सेयर बजार घटेको छ । नेप्से परिसुचकमा २ अंकले घटेर १८३१.६३ विन्दुमा आएको छ । यससँगै ३ कम्पनीको १७० कित्ता सेयर खरिदबिक्री हुँदा ४८ हजार ५४६ रुपैयाँको कारोबार भएको छ ।
यो सेसनमा नेप्से सूचकमा १ कम्पनीमा उकालो लागेको छ भने एक कम्पनी घटेको छ । यता, १३ उपसुचकहरु मध्ये एक कम्पनीमा वृद्धि भएको र एक कम्पनी घटेको छ । बाँकी कुनैपनि कम्पनीमा परिवर्तन आएको छैन ।
थर्ड पोल 