रास्वपाको पहिलो महाधिवेशन असार ७ देखि ९ गतेसम्म चितवनमा गर्ने
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशन असारमा हुने भएको छ।असार ७, ८ र ९ गते महाधिवेशन गर्ने निर्णय भएको हो। पार्टीका नेता गणेश पराजुलीका अनुसार असार ७ देखि ९ गतेसम्म महाधिवेशन गर्ने निर्णय भएको हो।
‘पार्टीको ऐतिहासिक महाधिवेशन असार ७ देखि ९ गतेसम्म चितवनमा हुने घोषणा भएको छ,’ उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्।अहिले रास्वपा केन्द्रीय कार्यालय चस्मतिमा केन्द्रीय समिति बैठक पनि जारी छ।
थर्ड पोल 