रास्वपाको वडा अधिवेशन आजदेखि सुरु

रास्वपाको वडा अधिवेशन आजदेखि सुरु


काठमाडौं । आजदेखि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) महाधिवेशन प्रक्रिया सुरु भएको छ । रास्वपाले पार्टी स्थापनापछि पहिलोपटक वडा अधिवेशन गर्न थालेको हो । सात ठाउँका वडा अधिवेशन सुरु गर्न केन्द्रीय नेता खटाइएको रास्वपाले जनाएको छ ।

सातै प्रदेशका एक एक वडाबाट आजदेखि वडा अधिवेशन आरम्भ भएको पार्टीको संसदीय दलका प्रमुख सचेतक सन्तोष परियारले जानकारी दिएका छन् ।

कैलालीको टीकापुर नगरपालिका–१ मा सहमन्त्री विपिनकुमार आचार्य, सुर्खेत भेरीगंगा नगरपालिका–६ मा संगठन विभाग सचिव शंकर श्रेष्ठ, बुटवल उपमहानगरपालिका–१३ मा कोषाध्यक्ष लिमा अधिकारी खटिएका छन् ।

त्यस्तै पोखरा महानगरपालिका–१० मा प्रमुख सचेतक सन्तोष परियार, भरतपुर महानगरपालिका–११ मा महामन्त्री मुकुल ढकाल, बारा जीतपुर सिमरा उपमहानगरपालिका–२ मा सहमहामन्त्री सुमना श्रेष्ठ र इटहरी उपमहानगरपालिका–२० मा केन्द्रीय सदस्य विजय जैरु खटिएको रास्वपाले जानकारी दिएको छ ।