स्नो रिभर्सको आईपीओ आजदेखि सर्वसाधारणका लागि खुला
काठमाडौँ । स्नो रिभर्स लिमिटेडले आजदेखि सर्वसाधारणका लागि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ७ लाख ७८ हजार १२५ कित्ता साधारण शेयर सर्वसाधारणका लागि निष्काशन गरेको हो ।
यसअघि आयोजना प्रभावित स्थानीय बासिन्दा, वैदेशिक रोजगारीमा रहेका नेपाली, कर्मचारी तथा सामूहिक लगानी कोषका लागि शेयर बाँडफाँट गरिसकिएको छ । लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम १ हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । आईपीओमा छिटोमा जेठ १ गतेसम्म र ढिलोमा जेठ १२ गतेसम्म आवेदन दिन सकिनेछ ।
थर्ड पोल 