रसुवा बाढीको जिम्मा पृथ्वीको तापक्रम वृद्धिमा योगदान गरेका राष्ट्रहरूले लिनुपर्छ- हरि ढकाल

रसुवा बाढीको जिम्मा पृथ्वीको तापक्रम वृद्धिमा योगदान गरेका राष्ट्रहरूले लिनुपर्छ- हरि ढकाल

प्रतिनिधि सभाको राज्य व्यवस्था एवं सुशासन समितिका सभापति हरि ढकालले रसुवा बाढीको जिम्मा पृथ्वीको तापक्रम वृद्धिमा योगदान गरेका राष्ट्रहरूले लिनुपर्ने टिप्पणी गरेका छन्।

ढकालले जलवायु न्यायको विषय उठाउँदै सामाजिक सञ्जाल फेसबुकमा कार्बन उत्सर्जनमा नेपालको भूमिका शून्य रहेको उल्लेख गरेका छन्।

'हामी पृथ्वीलाई तातो बनाउने क्रियाकलापमा संलग्न छैनौँ! तर यो धर्तीलाई तातो बनाई हाम्रो हिमाल पगाल्नेहरूले यो विपत्तिको जिम्मेवारी लिनुपर्छ', ढकालले लेखेका छन्, 'हामीसँग ४७% वनजङ्गल छ। चराचर र पर्यावरण जोगाउन हाम्रा निकुञ्जहरू छन्। हामीसँग प्रकृतिप्रेमी समाज र समुदाय छ!' 'कार्बन उत्सर्जनमा हाम्रो योगदान न्यून छ, तर हिमालयका हिउँ जोगाउन हाम्रो योगदानलाई तिमीहरूले (कार्बन उत्सर्जन गर्ने मुलुकहरू) गरेको अवमूल्यनको क्षति हामी बेहोर्दै छौँ!'

उनले नेपाललाई रसुवा बाढीपछि विभिन्न मुलुकले राहत तथा उद्धार कार्यमा गरेको सहयोगको रकममा समेत बेखुसी जनाएका छन्।