केशव स्थापितले दिए प्रदेश सांसदबाट राजीनामा, काठमाडौंको मेयरमा उम्मेद्वारी दिने तयारी
बागमती प्रदेशका एमाले सांसद केशव स्थापितले पदबाट राजीनामा दिएका छन् । प्रदेश राजधानी हेटौंडा पुगेर उनले आज आइतबार पदबाट राजीनामा दिएका हुन् ।
राजीनामा पत्र उनले प्रदेश सभामुख सानुकुमार श्रेष्ठलाई बुझाएका हुन् । राजीनामापछि अब काठमाडौं महानगरपालिकाको मेयर पदमा मनोनयन दर्ता गरिने स्थापितले बताए ।
प्रदेशको पूर्व भौतिक पूर्वाधारमन्त्रीसमेत रहेका उनी काठमाडौं महानगरपालिकाको दोस्रोपटक मेयरमा उम्मेदवारी दिन लागेका हुन् ।
