लक्ष्मी सनराइज बैंकद्वारा डिजिटल बैंकिङ सेवा ओरेन्ज एनएक्सटीको थालनी 

लक्ष्मी सनराइज बैंकद्वारा डिजिटल बैंकिङ सेवा ओरेन्ज एनएक्सटीको थालनी 


काठमाडौं । आधुनिक बैंकिङ आवश्यकतालाई सम्बोधन गर्ने उद्देश्यले लक्ष्मी सनराइज बैंकले  विशुद्ध डिजिटल बैंकिङ सेवा ओरेन्ज एनएक्सटीको थालनी गरेको छ । एफ वान सफ्ट अन्तर्गतको फोन एनएक्सटीसँगको सहकार्यमा सुरु गरिएको यो सेवा नेपाली डिजिटल बैंकिङको परिदृश्यको रूपान्तरणमा एक महत्वपूर्ण कदम रहेको बैंकले जनाएको छ ।

ओरेन्जएनएक्सटीले मोबाईल बैंकिङ एपको माध्यमबाट सहज र पूर्ण डिजिटल अनुभव प्रदान गर्दै खाता खोल्ने देखी लिएर मुद्दती खाता, गोल बेस डिपोजिट जस्ता वित्तीय व्यवस्थापनका उन्नत सुविधाहरु प्रदान गर्नेछ ।

ग्राहकहरुको बदलिँदो आवश्यकता अनुकुल बैंकिङ सेवा दिने लक्ष्मी सन्राइज बैंकको प्रतिबद्धतालाई यो पहलले टेवा पुर्याउनेछ।लक्ष्मी सन्राइज बैंकका प्रमुख कार्यकारी अधिकृतका अनुसार नेपालको डिजिटल बैंकिङको परिदृश्यको रूपान्तरणमा ओरेन्स एनएक्सटी कोशेढुङा साबित हुन सक्छ ।

परम्परागत मोबाईल बैंकिङ सेवालाई समेत समानन्तर रूपमा विकास गर्दै, ओरेन्स एनएक्सटी मार्फत बैंकिङ सेवा नपुगेका र विशेष गरी डिजिटल प्रविधिमैत्री युवा तथा विदेशमा रहेका ग्राहकहरुलाई प्रभावकारी बैंकिङ सेवा प्रदान गरिनेछ ।

ओरेन्स एनएक्सटीका प्रमुख कार्यकारी अधिकृत सनत कुमार पौडेलका अनुसार छिटो र प्रभावकारी बैंकिङ प्रदान गर्ने मूलभुत उद्देश्यले ओरेन्स एनएक्सटीको विकास गरिएको हो ।परिकल्पनात्मक सोचबाट प्रेरित यस ओरेन्स एनएक्सटीले बैंकिङ अनुभवलाई आमूल परिवर्तन ल्याउदैँ ग्राहकहरुको अपेक्षाहरु पूरा गर्ने उनले विश्वास लिएका छन् ।