लहानमा मधेस आन्दोलनका सहिदहरूलाई माल्यार्पण गर्दै चुनावी अभियान सुरू गरे बालेनले
वरिष्ठ नेताका रूपमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गरेका बालेन शाहले आज सोमबार बिहान मधेस आन्दोलनका सहिदहरूलाई माल्यार्पण गर्दै आफ्नो चुनावी अभियान सुरू गरेका छन्।
झापा-५ मा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीविरूद्ध चुनाव उठ्न लागेका बालेनले आइतबार दिउँसो मेयर पदबाट राजीनामा दिएका थिए। त्यसलगत्तै रास्वपाको पार्टी कार्यालय 'घन्टीघर' पुगेका बालेन वरिष्ठ नेताको पदभार ग्रहण गरेर साँझको फ्लाइटमा जनकपुर पुगेका थिए।
उनले सोमबारबाट आफ्नो राजनीतिक अभियान सुरू गरेका छन्। त्यस क्रममा बिहानै मधेस आन्दोलन क्रममा सहिद भएकाहरूको सम्झनास्वरूप लहानमा निर्माण गरिएको मधेसी सहिद पार्कमा गएर माल्यार्पण गरे।
आजै जनकपुरमा रास्वपाको सभा पनि छ, जसमा सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन शाह सहभागी हुँदै छन्।



थर्ड पोल 