विदेश उड्न एयरपोर्ट पुगेकाहरूको पीडा- खानेबस्ने पैसासमेत छैन

विदेश उड्न एयरपोर्ट पुगेकाहरूको पीडा- खानेबस्ने पैसासमेत छैन

 मध्यपूर्व क्षेत्रमा बढ्दो तनाव र हवाई क्षेत्र प्रतिबन्धका कारण केही देशका अन्तर्राष्ट्रिय उडान रद्द भएपछि त्यसतर्फ जाने यात्रु बिचल्लीमा परेका छन् ।

दोहा, दुवई कुवेत, अबुधाबी, कतार, दमामलगायतका विमानस्थलमा हवाई उडानमा प्रतिबन्ध लगाइएका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने उडान रद्द गरिएको छ । जसका कारण टिकट लिएर विमानस्थल पुगेका यात्रहरू अलमलमा परेका हुन् ।

खाडी मुलुकमा विशेषगरी नेपालीहरू वैदेशिक रोजगारमा जाने गरेका छन् । उडान रद्द भए पछि यात्रुहरूले आफूहरू समस्यामा परेको जनाएका छन् ।