विश्वकपमा ७२ खेल सकिँदा खतरनाक टिम बन्यो फ्रान्स, चर्चामा मेसीको जादू
अमेरिका, क्यानडा र मेक्सिकोमा संयुक्त रूपमा भइरहेको विश्वकप २०२६ को समूह चरणका खेल सकिएका छन्। तीन देशमा गरी कुल ७२ खेल सम्पन्न भएसँगै प्रतियोगितामा सहभागी ४८ टिममध्ये उत्कृष्ट ३२ टिमले नकआउट चरणमा स्थान पक्का गरेका छन् । यस क्रममा फुटबलको महाकुम्भमा केही पुराना कीर्तिमान तोडिएका छन् भने नयाँ नायकहरूको उदय भएको छ ।
तीनै देशमा खटिएका बीबीसीका खेल पत्रकारको समीक्षाअनुसार समूह चरणमा फ्रान्स सबैभन्दा उत्कृष्ट र खतरनाक टिमका रूपमा देखिएको छ भने ३९ वर्षको उमेरमा पनि अर्जेन्टिनाका लियोनेल मेसीको जादु कायम छ ।
उत्कृष्ट टिम फ्रान्सको दबदबा अर्जेन्टिनाको बलियो चुनौती
बीबीसीका अधिकांश विश्लेषकले फ्रान्सलाई यस पटकको मुख्य दाबेदार मानेका छन् । फ्रान्सले सन् १९९८ यता पहिलो पटक समूह चरणमा आफ्ना सबै तीन खेल जित्दै शतप्रतिशत नतिजा निकालेको हो । किलियन एम्बाप्पे, ओसमान डेम्बेले र माइकल ओलिसे सम्मिलित फ्रान्सको अग्रपंक्ति निकै आक्रामक देखिएको छ ।
थर्ड पोल 