२००७ सालदेखि कै भ्रष्टाचारको फाइल खोलौंः विश्वप्रकाश शर्मा

 २००७ सालदेखि कै भ्रष्टाचारको फाइल खोलौंः विश्वप्रकाश शर्मा

काठमाडौं, १३ जेठ । २००७ सालदेखि कै भ्रष्टाचारको फाइल खोल्नुपर्ने  नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मालेबताएका छन् । आजको प्रतिनिधि सभा बैठकमा बोल्दै महामन्त्री शर्माले  २००७ सालदेखि कै भ्रष्टाचारको फाइल खोल्न प्रधानमन्त्रीसमक्ष आग्रह गरेका हुन् ।

उनले विगतमा नेपाली कांग्रेसका नेतासमेत भ्रष्टाचारको आरोपमा जेल गएको स्मरण गर्दै सबै भ्रष्टाचारको फाइल खोल्न आग्रह गरे । ‘कुनै विपक्षी पार्टीका नेतालाई तान्ने लक्ष्यसहित नभई भ्रष्टाचारको स्पष्ट छानबिन गरौँ,’ शर्माले भने, ‘भ्रष्टाचारको स्पष्ट छानबिन गरेर सबै फाइल खोलौँ ।’

उनले प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीले निर्दोषलाई फसाउने षड्यन्त्र भइरहेको छ भन्ने अभिव्यक्ति दिएको प्रति आपत्ति पनि जनाए । उनले दोषीलाई उम्क्याउन खोजिँदैछ भन्दै गरेको कुरामा आफूले समर्थन गर्न सके पनि निर्दोषलाई फसाइँदैछ भन्ने अभिव्यक्तिले अनुसन्धान प्रभावित बन्नसक्ने बताएका छन् ।