शिक्षा समितिको बैठक बस्दै, यि विषयमा हुँदैछ छलफल 

 शिक्षा समितिको बैठक बस्दै, यि विषयमा हुँदैछ छलफल 


काठमाडौं । संघीय संसद अन्तर्गतको शिक्षा समितिको बैठक बस्दैँछ । प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक आज बस्न लागेको हो ।

 संङघीय संसद सचिवालय, सिंहदरबारमा उक्त बैठक बस्नेछ । बैठक बिहान ११ः३० बजे बोलाइएको छ ।आजको बैठकमा नेपाल विश्वविद्यालयका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा छलफल हुने जनाइएको छ ।