सुनको मूल्यमा सामान्य वृद्धि,कति पुग्यो तोलाको ?
काठमाडौं । सोमबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । आइतबार २ सय रुपैयाँ बढेको सुनको मूल्य सोमबार पुनः २ सय रुपैयाँ बढेको हो ।नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाला सुन प्रतितोला १ लाख ४२ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
आइतबार छापावाला सुन प्रतितोला १ लाख ४२ हजार रुपैयाँमा कारोबार भएको थियो । सोमबार तेजाबी सुन प्रतितोला १ लाख ४१ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार तेजाबी सुन प्रतितोला १ लाख ४१ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।
थर्ड पोल 