सन्दिप विरुद्ध लागेको मुद्दामा आज सुनुवाई हुँदै 

1.

नेपाली किर्केट टिमका पुर्व कप्तान सन्दिप लामिछाने विरुद्ध लागेको मुद्दामा आज अन्तिम सुनुवाई हुने जनाइएको छ। यसअघि उनको मुद्दाको समय सीमा अभावका कारणले  जिल्ला अदालत काठमाण्डौले आइतबार सुनुवाईको समय तोकेको हो। 

आज उनको मुद्दालाई प्राथमिकतामा राखेर सुनुवाई प्रक्रिया अगाडी बढाइने छ। गत बुधवार लामिछानेको मुद्दाको फैसला गरेका न्यायाधीश केशवप्रसाद घिमिरेको इजलासमा सुनुवाइ हुने तय भएपछि उनका कानुन व्यवसायीको अनुरोधमा मुद्दाको सुनुवाई रोकिएको थियो । तर पुनः सुनवाइका लागि बिहिबार सुनुवाईको  पेशी तोकिंदा समेत सुनुवाई हुनसकेको थिएन।  


सन्दीपलाई काठमाडौं जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाएको थियो । पुर्व कप्तान लामिछानेलाई  एक किशोरीमाथि बलात्कार आरोप लागेका छ।  साथै थुनामा परेका लामिछाने यसअघि  पाटन उच्च अदालतले कडा सर्तसहित २० लाख धरौटीमा जेलबाट रिहा भएका समेत थिए।