स्याङ्जाका एमाले उम्मेदवारले सार्वजनिक गरे प्रतिबद्धता

स्याङ्जाका एमाले उम्मेदवारले सार्वजनिक गरे प्रतिबद्धता

 नेपाल कम्युनिष्ट पार्टी (एमाले)का तर्फबाट स्याङ्जा प्रतिनिधिसभाका दुवै क्षेत्रमा उम्मेदवारी दिएका नेताहरूले आ-आफ्ना प्रतिबद्धता सार्वजनिक गरेका छन् । क्षेत्र नम्बर १ मा मिनप्रसाद गुरुङ र क्षेत्र नम्बर २ मा खिमबहादुर थापाले आगामी पाँच वर्षका लागि विकासका प्राथमिकता अघि सारेका हुन् ।

स्याङ्जा निर्वाचन क्षेत्र नम्बर–१ का उम्मेदवार मिनप्रसाद गुरुङले ‘समृद्ध स्याङ्जा, जनताको हित’ भन्ने मूल नारासहित ३३ बुँदे सङ्कल्प पत्र सार्वजनिक गरेका छन् । उनले पूर्वाधार विकास, सामाजिक क्षेत्र सुधार, उद्यमशीलता प्रवर्द्धन र कृषि आधुनिकीकरणलाई मुख्य आधार बनाएका छन् ।

पाँच वर्षभित्र सबै स्थानीय तहका केन्द्रलाई कालोपत्रे सडक सञ्जालले जोड्ने, वडा केन्द्रसम्म सडक विस्तार गर्ने तथा सिद्धार्थ राजमार्ग स्तरोन्नति गरी स्याङ्जा-पाल्पा-रुपन्देही जोड्ने आर्थिक करिडोरको रूपमा विकास गर्ने योजना उनको प्राथमिकतामा छ । साथै, ज्याग्दी र आँधीखोला करिडोर सुधार, वैकल्पिक लोकमार्ग निर्माण, ‘एक घर-एक धारा’ अभियानमार्फत खानेपानी विस्तार र आवश्यक स्थानमा पक्की तथा झोलुङ्गे पुल निर्माण गर्ने प्रतिबद्धता गरिएको छ