सेयर बजारबाट निश्चित समूहले फाइदा लुटिरहेका छनर : अर्थमन्त्री महत
काठमाडौ, २५ जेठ । सेयर बजारबाट निश्चित समूहले फाइदा लुटिरहेको अर्थमन्त्री डा.प्रकाशशरण महतले बताएका छन् । आज आयोजित नेपाल धितोपत्र बोर्डको ३१ औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै अर्थमन्त्री डा=महतले निश्चित समूहले फाइदा लुटेको बताएका हुन् । अर्थमन्त्री महतले सेयर बजारबाट सीमित मान्छेले कमाउने र उनीहरूकमे लक्ष्य बमोजिम बजार तलमाथि हुने कुरा अन्त्य हुनुपर्ने बताएका छन् ।
सेयर बजारमा फाइनान्सियल सेक्टर र हाइड्रोपावर मात्रै सूचीकृत भएको भन्दै अन्य वास्तविक क्षेत्रका कम्पनीलाई पनि सूचीकृत गराउनुपर्ने उनले बताए । ‘वास्तविक क्षेत्रका कम्पनीलाई लयाउन सके लगानीको क्षेत्र पनि बढ्छ,’ उनले भने, ‘कम्पनिहरूको पारदर्शिता सुनिश्चित हुन्छ ।’
अर्थमन्त्री मन्त्री महतले भने ‘आगामी वर्षको आयरव्यय विधेयकमार्फत साना लगानीकर्तालाई समस्या पार्ने लक्ष्य होइन,’, ‘यसलाई विपरित हल्ला फैलाएर निश्चित लगानीकर्ताले ५६ लाख लगानीकर्ता करको दायरामा आउने भए, बर्बाद भयो भन्ने विषय प्रचार गरे ।’ यसबाट ५६ लाख लगानीकर्ताको संख्या देखाउँदै निश्चित समूह नै फाइदामा छ ।‘सेयर बजार र सम्पूर्ण लगानीमा नै पारदर्शिता जरुरी छ । त्यसैले नियमनका कामलाई दृढताका साथ निर्वाह गर्नपर्ने अवस्था छ,’ मन्त्री महतले भने, ‘सेयर बजारमा सिमित मान्छेहरुले मात्रै चलखेल गर्ने काम भइरहेको छ ।’
थर्ड पोल 