सल्यान जिप दुर्घटनामा २ जनाको मृत्यु, ४ जना घाइते
सल्यानमा शनिबार बिहान भएको जिप दुर्घटनाका ६ घाइते मध्य २ जनाको मृत्यु भएको छ।
थप ४ जना घाइतेलाई थप उपचारका लागि दाङ रिफर गरिएको छ।
जिल्लाको त्रिवेणी गाउँपालिका– ६ का ८ वर्षीय रेशम बुढाथोकी र त्रिवेणी– ५ की १८ वर्षीया बिपना बुढाथोकीको मृत्यु भएको हो।
जिल्ला प्रहरी प्रमुख डिएसपी दीपक पातलीका अनुसार जिल्ला अस्पताल खलंगामा ती दुई जनाको उपचार क्रममा मृत्यु भएको हो।
दुर्घटनाका थप चार घाइतेहरूमा चालक त्रिवेणी – ५ सिम्खका २४ वर्षीय भुपाल पुन, त्रिवेणी– ६ की ४२ वर्षीया लालमती बुढाथोकी, त्रिवेणी– ५ का २९ वर्षीय पारस बोहरा र ५० बर्षीय डिल्लीबहादुर वलीलाई थप उपचारका लागि दाङ रिफर गरिएको छ।
घाइते मध्य चालक भुपाल पुन र लालमती बुढाथोकीको अवस्था गम्भीर रहेको जिल्ला प्रवक्ता प्रहरी निरीक्षक देवराज भट्टराइले बताए।
थर्ड पोल 