आज पनि बढ्यो सुनको मूल्य, कति पुग्यो तोलाको ?
नेपाली बजारमा आज पनि सुनको भाउ उकालो लागेको छ। हिजो तोलामा ११ सय रुपैयाँले बढेको सुनको भाउ आज पनि ६ सय रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको तोलामा ६०० रुपैयाँले बढेको हो। योसँगै छापावाल सुन प्रतितोला १ लाख ९०० रुपैयाँ र तेजाबी सुन १ लाख ४०० रुपैयाँ कायम भएको छ। हिजो पनि सुनको भाउ एकैदिन १ हजार १०० रुपैयाँले बढेको थियो।
यस्तै, आज चाँदीको पनि भाउ बढेको छ । चाँदी तोलामा २५ रुपैयाँले बढेर १ हजार ४ सय रुपैयाँमा पुगेको महासङ्घले जनाएको छ ।
