ह्वात्तै घट्यो सुनको मूल्य, कति पुग्यो तोलाको ?
साताको दोस्रो दिन आज सोमबार सुनचाँदीको मूल्य घटेको छ । आइतबार १ लाख ९ सय रुपैयाँमा कारोबार भएको सुन आज सोमबार ४ सय रुपैयाँले घटेर १ लाख ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यसअघि आइतबार सुन तोलाको एक लाख नौ सय रुपैयाँमा कारोबार भएको थियो । साेमबार तेजावी सुनको भाउ तोलाको एक लाख रुपैयाँ निर्धारण भएको छ ।
यस्तै, चाँदीको मूल्य पनि आज २० रुपैयाँले घटेर १ हजार ३ सय ८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
