यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य

यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य

काठमाडौं, १६ भदौ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि तरकारी र फलफूलको बजार मूल्य निर्धारण गरेको छ ।

समितिका अनुसार आज ठूलो गोडभेँडाको न्यूनतम मूल्य ९० रुपैयाँ प्रतिकेजी तोकिएको छ । नेपाली सानो गोडभेँडा ६० रुपैयाँ,रातो आलु ५५ रुपैयाँ,भारतीय प्याज सुकेको ७३ रुपैयाँ, गाजर १२० रुपैयाँ तथा स्थानीय काउली १०० रुपैयाँ न्युनतम मूल्य तोकिएको छ ।

घिउ सिमी लोकल ९०, भन्टा डल्लो ७०, तने बोडि ६०, भटमासकोशा ९०, तितो करेला १००, लौका ७०, लोकल परवल ५०, घिराँैला ६०, हरियो फर्सी ७०,फर्सी पाकेको ५०, स्कूस ३५, कन्य च्याउ २२०,डल्ले च्याउ ३५०,कुरीलो ५५०,ब्रोकाउली ३००,काँक्रो लोकल १०० रुपैयाँ न्यूनतम प्रतिकेजीमा किनबेच भइरहेको छ ।

त्यस्तै, केरा दर्जनको १५० रुपैयाँ, स्याउ फूजी ३५०, अनार २८०, कालो अंगुर ४५०,तरबुजा ७०, मौसम १५०,नासपाती लोकल ७०,मेवा भारतीय ८०, अम्बा १००,किवी ५०० र आभोकाडो २५० रुपैयाँ प्रतिकेजी न्यूनतम मूल्य तोकिएको छ ।