७५ औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवसमा काठमाडौंमा र्याली

७५ औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवसमा काठमाडौंमा र्याली


काठमाडौं । ७५ औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसरमा काठमाडौँमा र्याली निकालिएको छ । आइतवार बिहान काठमाडौँको भृकुटीमण्डपमा मानव अधिकार र्याली निकालिएको हो ।

राष्ट्रिय मानव अधिकार आयोगको आयोजनामा गैसस महासंघ नेपाल लगायतका संघसस्थाहरु ¥यालीमा सहभागी भएका छन् । ¥याली भृकुटीमण्डपबाट सुरु भई शान्ति बाटिकामा सम्पन्न भएको छ । यस वर्ष प्राकृतिक प्रकोप तथा विपद्बाट प्रभावितहरूका लागि मानव अपधकारको सुनिश्चितताः आजको आवश्यकता भन्ने नारा तय गरिएको छ ।