पुनः एकपटक कोरोनाको चपेटामा एशियाली देशहरू, "अब बुझौं, महामारीसम्बन्धी तीन शब्द:”
काठमाडौं । एशियाली देशहरूमा फेरि एकपटक कोरोना संक्रमणको चपेटा देखिन थालेको छ। मे ३ मा सकिएको हप्तामा, हङकङमा ३१ गम्भीर केसहरू रिपोर्ट गरिए, जुन एक वर्षकै उच्च संख्या हो। ढलमा भाइरल लोड बढ्दै गएको, अस्पतालमा परामर्श तथा भर्ना वृद्धि हुँदै गएको देखिएको छ।"
"त्यस्तै, सिंगापुरमा संक्रमण २८ प्रतिशतले बढेर १४,२०० पुगेको छ भने अस्पताल भर्ना हुने संख्या पनि झण्डै ३० प्रतिशतले उकालो लागेको छ।" "भारतमा पनि अवस्था फेरि चासोको विषय बन्न थालेको छ — केरलमा, महाराष्ट्र र तमिलनाडु राज्यहरूमा नयाँ केसहरू लगातार वृद्धि हुँदैछन्। मे १९ सम्म देशभर सक्रिय संक्रमितको संख्या २५७ पुगेको छ।"
"अब बुझौं, महामारीसम्बन्धी तीन शब्द:”
-एपिडेमिक (महामारी): कुनै खास क्षेत्र वा समुदायमा सिमित रूपमा संक्रमण तीव्र रूपमा फैलिनु। -प्यान्डेमिक(विश्वव्यापी महामारी): जब त्यही संक्रमण विभिन्न देश र महादेशहरूमा फैलिन्छ, जस्तै २०२० को कोभिड–१९ ।-एन्डेमिक(स्थायी रोग): जब रोग लामो समयसम्म एउटै स्थानमा स्थायीत्वका साथ रहन्छ, जस्तै नेपालमा झाडापखाला वा भारतमा डेंगु।"
"विशेषज्ञहरू भन्छन् — हामी महामारीको तीव्र चरणबाट त पार भइसकेका छौं, तर रोग अझै endemic रूपमा केही स्थानमा कायम छ। सावधानी भने अझै आवश्यक छ।" "मास्क प्रयोग गरौं, भिडभाडमा सचेत रहौं, र खोपको डोज नछुटाऔं। रोग सानो देखिए पनि बेवास्ता नगर्नुहोस्।""सजग बनौं, सुरक्षित रहौं।"
थर्ड पोल 