रवि लामिछानेको बन्दी प्रत्यक्षीकरणको रिटको सुनुवाइ स्थगित, यस्तो छ कारण
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको बन्दी प्रत्यक्षीकरणको रिटको सुनुवाइ स्थगित भएको छ। मंगलबारको सुनुवाइपछि न्यायाधीश डा. नहकुल सुवेदी र बालकृष्ण ढकालको इजलासले बुधबारका लागि निवेदनलाई निरन्तर सुनुवाइ गर्ने भनी हेर्दाहेर्दैमा राखेको थियो ।
तर बुधबार संवैधानिक इजलासमा बस्ने एक जना वरिष्ठ न्यायाधीश उपस्थित नभएकाले उनको सुनुवाइ प्रभावित भएको हो।सर्वोच्च अदालतका प्रवक्ता अच्युत कुईंकेलका अनुसार संवैधानिक इजलासमा बस्न न्यायाधीस मनोजकुमार शर्मा उपस्थित छैनन्।
उनको सट्टामा न्यायाधीश नहकुल सुवेदी बस्नुपर्ने भएकाले रवि लामिछानेको बन्दी प्रत्यक्षीकरणको रिट प्रभावित भएको प्रवक्ता कुईकेलले बताए। सर्वोच्च अदालत प्रशासनले त्यो निवेदनमाथि कहिले सुनुवाइ हुने भनी अर्को पेशीको मिति तोकेको छैन ।
थर्ड पोल 