चिकित्सक माइतीघरमा विरोधमा व्यस्त, बिरामीहरू अस्पतालमा अलपत्र
काठमाडौं । सोमबारदेखि आन्दोलनमा उत्रिएका चिकित्सकहरूका कारण बिरामीहरू अस्पतालमा अलपत्र परेका छन् । यता चिकित्सकहरू भने माइतीघरमा आन्दोलनमा व्यस्त छन् ।
देशभरका अस्पताल तथा स्वास्थ्य संस्थामा आकस्मिक बाहेकका सम्पूर्ण सेवा बन्द गरेका उपभोक्ता अदालतले चिकित्सकीय अभ्याससम्बन्धी मुद्दामा गरेको कारबाहीको निर्णयप्रति असहमति जनाउँदै नेपाल चिकित्सक संघ आज सेतो कोटसहित सडकमा उत्रिएका छन्। उपत्यकाभित्रका चिकित्सक तथा स्वास्थ्यकर्मीहरूले आज माइतीघर मण्डलामा धर्ना दिई बिजुली बजारसम्म र्याली गरी विरोध प्रदर्शन गरेका छन्।
संघले देशभरका चिकित्सक तथा स्वास्थ्यकर्मीहरूलाई यही असार १७ गतेदेखि कालोपट्टी बाँधेर सेवा दिन आह्वान गरेकोमा हिजो सोमबारदेखि आकस्मिक बाहेकका सेवा ठप्प पारेको हो। आन्दोलनका कारण बिरामीको बिचल्ली भएको छ। ओपीडी बन्द हुँदा टाढाटाढाबाट आएका बिरामी बढी समस्यामा परेका छन्। आन्दोलन कहिलेसम्म चल्ने टुंगो नहुँदा उनीहरू अन्योलको स्थितिमा छन्।
थर्ड पोल 