रविविरुद्धको सहकारी ठगी मुद्दामा मिसिल प्रमाण झिकाउन उच्च अदालतको आदेश

  रविविरुद्धको सहकारी ठगी मुद्दामा मिसिल प्रमाण झिकाउन उच्च अदालतको आदेश


काठमाडौं । रवि लामिछाने विरुद्धको सहकारी ठगी मुद्दामा मिसिल प्रमाण झिकाउन उच्च अदालत पोखराले आदेश गरेको छ । मुख्य न्यायाधीश डा.रत्नबहादुर बागचन्द र न्यायाधीश मिलनकुमार राईको इजलासले आज कास्की जिल्ला अदालतमा पेश भएको मिसिल झिकाउने आदेश जारी गरेको हो ।

शुक्रबार रवि लामिछानेका कानुन व्यवसायीहरूले आफूहरूलाई थाहै नदिई सुनुवाइ अघि बढाएको भन्दै इजलासमा आपत्ति जनाएका थिए । त्यसपछि इजलासले आइतबारका लागि निवेदनहरूलाई हेर्दाहेदैमा राख्ने आदेश गरेको हो ।