अनुपविक्रमले सके सलमानसँगको बलिउड डेब्यू ‘ब्याटल अफ गलवान’ को छायांकन

अनुपविक्रमले सके सलमानसँगको बलिउड डेब्यू ‘ब्याटल अफ गलवान’ को छायांकन

 अभिनेता अनुपविक्रम शाहीले आफ्नो बलिउड डेब्यू फिल्म ‘ब्याटल अफ गलवान’ को छायांकन पूरा गरेका छन् । सलमान खानसँगको फोटो सेयर गर्दै उनले सामाजिक सञ्जालमार्फत यसबारे जनाएका छन् ।

सलमानलाई ‘सर्वकालिन महान’ अर्थात ‘गोट’ को संज्ञा दिँदै अनुपविक्रमले आफूले भेटेकामध्ये सलमान सबैभन्दा दयालु हृदयको रहेका बताएका छन् ।

आफ्नो जीवनले पूर्णता प्राप्त गरेको उल्लेख गर्दै अनुपविक्रमले यसलाई आफ्नो जीवनको अविष्मरणीय अध्यायको रुपमा अथ्र्याएका छन् ।

अनुपविक्रम लेख्छन्, ‘ब्याटल अफ गलवान’ को छायांकन टुंगिएको छ । उनलाई पर्दामा हेर्दै हुर्किएदेखि लिएर यसमा काम गरेसम्म, दिग्गज, द गोट र दयालु आत्मामध्ये एक । मेरो जीवन साँच्चै पूर्ण चक्रमा आयो, र मभित्रको बाल्यवस्था यो भन्दा खुसी हुन सक्दैन । यो अविस्मरणीय अध्याय र उनको प्रतिभा मात्र होइन, उनको हृदय पनि हेर्ने मौकाको लागि आभारी छु ।’