पोखरामा आज दिउँसै अन्धकार !
पोखरामा पानी पर्दा दिउँसै अन्धकार भएको छ । आज मङ्गलवार दिउँसो साढे ३ बजेपछि हावाहुरीसँगै पानी पर्दा पोखरा अन्धकार भएको हो ।
पश्चिमी वायुको साथै स्थानीय वायुको प्रभावका कारण अहिले पोखरामा मेघगर्जनसहित पानी परिरहेको छ । दिउँसै अध्यारो हुँदा सवारी साधनहरू हेडलाइट बालेर हिँडेका छन् भने पानी परेपछि दुई पाङ्ग्रे सवारी साधन तथा पैदलयात्रु बीच बाटोमा नै रोकिएका छन् ।
यस्तै दिउँसो परेको पानीका कारण बढ्दो गर्मीमा राहत मिलेको महसुस गरिएको छ । पोखराको पछिल्लो २४ घण्टाको अधिकतम तापक्रम ३२ दशमलव ३ डिग्री सेल्सियस र न्यूनतम तापक्रम १९ दशमलव ४ सेल्सियस मापन गरिएको छ ।
