अहंकारीको हरिबिजोग हुन्छ‚ वैशाख ३० पछि कलमले कमाल गर्छ: अध्यक्ष नेपाल
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले स्थानीय तहको निर्वाचनमा चुनाव चिह्न कलमले कमाल गर्ने बताएका छन्। बिहीबार होलीको शुभकामना आदानप्रदान दिन आयोजित कार्यक्रममा अध्यक्ष नेपालले भने, ‘दक्षिणपन्थी, व्यक्तिवादी र अहंकारी प्रवृत्ति देखिरहेका छौँ। आगामी चुनावले जनतालाई फैसला गर्ने अधिकार छ। त्यसको जनताले मूल्यांकन गर्छन्। अहंकारीहरूको हरिबिजोग हुन्छ।’
उनले भने, ‘पार्टीको सामथ्र्य निर्वाचनमा पनि देखिने भएकाले यसमा केन्द्रीत हुन सबैलाई आग्रह गर्दछु। आफूहरुलाई खिसिट्युरी गर्नेहरुको हरिविजोग आगामी चुनावमा हुन्छ।’
कार्यक्रममा अध्यक्ष नेपालले जनताले अबको निर्वाचनबाट असल पात्रहरूलाई अगाडि ल्याउनुपर्ने बताए। सञ्चारकर्मीले असल र गलत छुट्याउनुपर्ने बताए।
