उपकार लघुवित्तको आइपिओ बाँडफाँड

उपकार लघुवित्तको आइपिओ बाँडफाँड

उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडले सर्वसाधारणका लागि निष्काशन गरेको आइपिओ बाँडफाँड गरिएको छ। कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्ट बैंकिङ लिमिटेडको कार्यालयमा आज शेयर बाँडफाँड गरिएको हो। कम्पनीले प्रतिकित्ता १०० अङ्कित मूल्यमा दुई करोड ३६ लाख २५ हजार मूल्य बराबरको दुई लाख ३६ हजार २५० कित्ता आइपिओ बिक्री खुला गरेको थियो।

बिक्री प्रबन्धकका अनुसार साधारण सेयरमा कूल २३ लाख ५१ हजार ४२६ जनाले आवेदन दिएकामा दुई हजार ४०६ जनाको आवेदन रद्द भई बाँकी २३ लाख ४९ हजार ५६ योग्य आवेदकमध्ये २२ हजार ११५ आवेदकलाई १० कित्ताका दरले गोलाप्रथामार्फत सेयर बाँडफाँड गरिएको बिक्री प्रबन्धकले जनाएको छ। बाँडफाँडमा बाँकी छ कित्ता सेयर १० कित्ताभन्दा धेरै आवेदन दिनेलाई थप एकएक कित्ताका दरले छ जनालाई बाँडिएको छ। 

बाँडफाँडको नतिजा सम्बन्धित कम्पनी, बिक्री प्रबन्धक र सिडिएस एण्ड क्लियरिङ लिमिटेडको वेबसाइट (मेरो सेयर) मार्फत् हेर्न सकिने कम्पनीले जनाएको छ।