दोहोरो अंकले घट्यो शेयर बजार

दोहोरो अंकले घट्यो शेयर बजार

साताको अन्तिम कारोबार दिन बिहीबार दोहोरो अंकले घढेर सेयर बजार बन्द भएको छ । शेयर बजार परिसूचक नेप्से आज २३ दशमलव ९५ अङ्कले घटेर दुई हजार पाँच सय ४४ दशमलव ३० विन्दुमा झरेको छ  ।

आज व्यापारबाहेक अरू सबै समूहको शेयर घटेकोमा विकास बैंक, फाइनान्स र बीमा समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ । सेयर कारोबार रकम भने २ अर्ब पनि पुगेन ।

दिनभर भएका ३७ हजार ४२९ कारोबारबाट ३७ लाख ८७ हजार ४५ कित्ता धितोपत्र कारोबार भए । जसबाट कारोबार रकम १ अर्ब ८९ करोड १ लाख ६४ हजार ६८६ रुपैयाँमा झरेको छ ।