आज सरकारलाइ प्रतिवेदन बुझाउँदै  सुन तस्करी जाँचबुझ आयोग

आज सरकारलाइ प्रतिवेदन बुझाउँदै  सुन तस्करी जाँचबुझ आयोग

काठमाडौं । सुन तस्करी जाँचबुझ आयोगले आज सरकारलाइ प्रतिवेदन बुझाउँदै छ ।गत असारमा पक्राउ गरिएको ६० किलो र भेपमार्फत गरिएको सुन तस्करीबारे छानबिन गर्न गठित जाँचबुझ आयोगले आज सरकारलाइ प्रतिबेदन बुझाउन लागेको हो  । 

जस अनुसार आज आयोगका पदाधिकारीले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई प्रतिवेदन हस्तान्तरण गर्दै छन् । उक्त प्रतिवेदन गृह मन्त्रालयमा बिभागीय मन्त्रीले बुझ्ने छन् ।

गत असोज १४ मा मन्त्रिपरिषद्ले सुनको अवैध पैठारी ९तस्करी० नियन्त्रण सम्बन्धी जाँचबुझ आयोग गठन गरेको थियो । सुरुमा ३ महिना समय दिइएको आयोगको समय सीमा थप २ महिना थप्ने निर्णय गरे पछि आयोगले आफ्नो काम पुरा गरेको गृह मन्त्रालयका एक अधिकारीले जानकारी दिए ।