आज ९ अंकले बढ्यो सेयर बजार

आज ९ अंकले बढ्यो सेयर बजार


काठमाडौं । सेयर बजार साढे ९ अंकले बढेको छ । बुधबार ९.५० अंकले बढेको सेयर बजार २०८९.६२ विन्दुमा पुगेर बन्द भएको छ । 

यसदिन ३०१ कम्पनीको १ करोड ३४ लाख ७७ हजार ९४६ कित्ता सेयर किनबेच हुँदा ५ अर्ब १३ करोड ४८ लाख ४८ हजार ७८९ रुपैयाँको कारोबार भएको छ । यसदिन ११८ वटा कम्पनीको सेयरमूल्य बढ्दा ११८ वटा कम्पनीको घटेको छ भने ११ वटाको स्थिर छ ।