आजको तरकारी तथा फलफूलको बजार मूल्य, महँगियो गोलभेडा, काउली, करेलादेखि सागसम्म
काठमाडौं । देशभर अविरल बर्षापछि काठमाडौँमा अधिकांश तरकारीको मूल्य आकाशिएको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले प्रकाशित गरेको मूल्यसूची अनुसार शनिबारको तुलनामा आइतबार अधिकांश तरकारीको भाउ बढेको हो ।
शनिबार प्रतिकेजी ७६ रुपैयाँ ६७ पैसा रहेको ठुलो गोलभेडा (नेपाली)लाई आज ९५ रुपैयाँ पर्नेछ भने लोकल साना गोलभेडाको मूल्य ५५ रुपैयाँ पुगेको छ । यता, टनेल गोलभेडाको भाउ प्रतिकेजी ५१ रुपैयाँबाट बढेर ६५ रुपैयाँ पुगेको छ ।
यसैगरी, स्थानीय काउलीको मूल्य प्रतिकेजी ६५ रुपैयाँबाट बढेर ९५ रुपैयाँ र लोकल बन्दा २४ रुपैयाँबाट ४५ रुपैयाँ पुगेको छ । त्यस्तै, प्रतिकेजी ५६ रुपैयाँ पर्ने तितो करेलाको भाउ बढेर आज ९५ रुपैयाँ र स्कूस ५८ रुपैयाँ ३३ पैसा रहेकोमा आज ७५ रुपैयाँ कायम भएको छ ।
रायोको साग प्रतिकेजी ६६ रुपैयाँ ६७ पैसा पर्नेमा आज बढेर ९५ रुपैयाँ पुगेको छ भने तोरीको साग ४५ रुपैयाँबाट बढेर ६६ रुपैयाँ ६७ पैसा र ब्रोकाउली ११३ रुपैयाँ ३३ पैसाबाट बढेर २७५ रुपैयाँ पुगेको छ ।
थर्ड पोल 