आजको फलफूल तथा तरकारीको बजार मूल्य, बढ्यो गोलभेडा, प्याजको भाउ 

 आजको फलफूल तथा तरकारीको बजार मूल्य, बढ्यो गोलभेडा, प्याजको भाउ 

काठमाडौं । आज गोलभेडा, बोडीदेखि काउलीसम्मको भाउ सामान्य बढेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले प्रकाशित गरेको मूल्यसूची अनुसार आज गोलभेडा, बोडीदेखि काउलीसम्मको भाउ बढेको हो ।यसअघि प्रतिकेजी ३५ रुपैयाँ ८० पैसा रहेको टनेल गोलभेडाको भाउ भाउ प्रतिकेजी ३७ रुपैयाँ ८० पैसा पुगेको छ । 

त्यस्तै, आज तने बोडी प्रतिकेजी २८ रुपैयाँ ३३ पैसाले बढेर ९५ रुपैयाँ पुगेको छ भने मकै बोडी ६६ रुपैयाँ ६७ पैसा रहेकोमा आज बढेर ७५ रुपैयाँ पुगेको छ । त्यस्तै, आज स्थानीय काउली प्रतिकेजी १० रुपैयाँले बढेर प्रतिकेजी ६५ रुपैयाँ पुगेको छ भने तितो करेला २६ रुपैयाँ रहेकोमा बढेर ३० रुपैयाँ पुगेको छ ।