अमेरिकाले पठायो १४ बुँदे प्रस्ताव, समीक्षा गर्दै इरान
काठमाडौं । अमेरिकाले युद्ध अन्त्यका लागि इरानलाई १४ बुँदे प्रस्ताव पठाएको छ।वासिङ्टनले केही दिनअघि मात्रै इरानलाई युद्ध अन्त्य र आणविक वार्ताका लागि १४ बुँदा समेटिएको एक पन्ने समझदारीपत्र (एमओयू) पठाएको हो।
सँगै पाकिस्तानमार्फत दुई देशको धारणा र अडानहरू पनि आदान प्रदान भइरहेको अधिकारीहरूलाई उद्धृत गरेर विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।अमेरिकाले पठाएको मस्यौदामा उल्लिखित प्रस्तावहरूबारे इरानले अहिले समीक्षा गरिरहेको भनेर अमेरिकी अनलाइन एक्सियसले लेखेको छ।
अमेरिकी अधिकारीहरूले इरानबाट चौबीसदेखि ४८ घन्टाभित्र प्रतिक्रिया आउने अपेक्षा गरेका छन्। हामी धेरै टाढा छैनौं, तर अझै सम्झौता भएको चाहिँ छैन,ु एक अधिकारीले एक्सियससँग भनेका छन्।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने केही दिनमै इरानसँग सम्झौता हुन सक्ने बताएका छन्। सहमति र सम्झौता हुन नसक्ने अवस्था देखिए इरानमाथि सैन्य कारबाही हुने चेतावनी पनि उनले दिएका छन्।
थर्ड पोल 