आन्दोलनरत चिकित्सकलाई नरोकेसम्म भत्ता नदिने मेडिकल कलेज सञ्चालकको धम्की 

 आन्दोलनरत चिकित्सकलाई नरोकेसम्म भत्ता नदिने मेडिकल कलेज सञ्चालकको धम्की 

चिकित्साशास्त्र स्नातकोत्तर तह ९पीजी० अध्ययनरत चिकित्सक २६ दिनदेखि सडक आन्दोलनमा छन् । सरकारले निर्णय गरेको साढे दुई महिना बितिसक्दा पनि आवासीय चिकित्सकले निर्वाह भत्ता पाउन सकेका छैनन् ।

सोमबार चिकित्सा शिक्षा आयोगको १९औं बैठकमा निजी मेडिकल सञ्चालकले सरकारले सुनिश्चित गरेको निर्वाह भत्ता दिने प्रतिबद्धता जनाए । तर कहिले दिने भन्ने ठोस निर्णय दिएनन् ।

आवासीय चिकित्सकको निर्वाह भत्ता दिन निजी मेडिकल कलेज सञ्चाकलले प्रतिबद्धता जनाए पनि कार्यावन्यनका हकमा ठोस निर्णय नदिएको स्वास्थ्यमन्त्री प्रदीप पौडेलले बताएका छन् ।