आरएसडिसी लघुवित्तको संस्थापक सेयर सर्वसाधारणका लागि बिक्रीमा

आरएसडिसी लघुवित्तको संस्थापक सेयर सर्वसाधारणका लागि बिक्रीमा

काठमाडौं । आरएसडिसी लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक सेयर बिक्रीमा राखेको छ । लघुवित्तकले १२ हजार कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो ।

कम्पनीले उक्त सेयर कम्पनीका विद्यमान संस्थापक सेयरधनी बाहेक सर्वसाधारण व्यक्ति, कम्पनी, संघसंस्था सबैले किन्न पाउने गरी बिक्रीमा राखेको हो । संस्थापक सेयरधनीलाई भने यसअघि नै खरीदका लागि ३५ दिने अवधि दिएर प्रस्ताव गरिसकिएको कम्पनीले जानकारी दिएको छ ।

उक्त सेयर किन्न इच्छुकले आगामी ७ दिनभित्र बुटवलस्थित कम्पनीको रजिष्टर्ड कार्यालयमा निवेदन दिनु पर्नेछ । सेयरको बिक्री मूल्य बिक्रेताले तोके बमोजिम हुने कम्पनीले जनाएको छ ।