इजरायलमा बन्दी रहेका करिब २ सय प्यालेष्टिनी रेडक्रसको सहयोगमा गाजामा

इजरायलमा बन्दी रहेका करिब २ सय प्यालेष्टिनी रेडक्रसको सहयोगमा गाजामा


काठमाडौं । प्यालेस्टिनी लडाकुहरूले शनिबारको कैदी आदानप्रदानमा चार जना इजरायली महिला बन्धकहरूलाई सुपुर्दगी गर्ने अपेक्षा गरिएको गाजाको एक चोकमा रेडक्रसका चारवटा गाडी आइपुगेको एएफपीका एक संवाददाताले बताएका छन्।

गाजामा हमाससँग भएको युद्धविराम सम्झौताअन्तर्गत इजरायली जेलमा आजीवन कारावासको सजाय काटिरहेका १२० सहित २०० प्यालेस्टिनी कैदीको बदलामा चार जना इजरायली बन्धक सैनिकलाई मुक्त गरिने प्यालेस्टिनी स्रोतले जनाएको छ ।

यस बिषयमा विषयमा सार्वजनिक रूपमा बोल्ने अधिकार आफुलाई नभएको बताउँदै नाम नबताउने शर्तमा स्रोतले भन्यो, “यी कैदीहरूमध्ये १२० जना आजीवन कारावासको सजाय काटिरहेका छन् ।