उखु किसानपछि दूध उत्पादक किसान पनि आन्दोलनमा, डीडीसी कार्यालयमा धर्ना दिने
काठमाडौं । उखु किसानहरु सडक आन्दोलनमा उत्रिएका बेला दूध उत्पादक किसानहरु पनि आन्दोलित भएका छन् ।
दूधको मूल्य भुक्तानी नपाएको भन्दै किसानहरु आन्दोलनमा उत्रिएका हुन् । यसैक्रममा उनीहरुले आज काठमाडौंको लैनचौरस्थित दुग्ध विकास संस्थान (डीडीसी) को कार्यालयमा धर्ना दिँदैछन् ।
आज मध्याह्न १२ बजे दुग्ध विकास संस्थानको कार्यालयमा धर्ना दिने अखिल नेपाल किसान महासंघका प्रचार तथा प्रकाशन विभाग प्रमुख डा। भेषराज अधिकारीले जानकारी दिए ।
थर्ड पोल 