उपचारमा लापरबाही हुँदा शिशुसहित सुत्केरीको मृत्यु, कैलालीमा चर्कियो आन्दोलन 

1.

कैलालीको गोदावरी नगरपालिका-३ मालाखेती अस्पतालमा बच्चासहित एक जना सुत्केरी महिलाको मृत्यु भएको छ।  आइतबार सोहि नगरपालिका-२ का २८ वर्षीय लक्ष्मी भट्टराईको मृत्यु भएको हो।  

अस्पतालमा स्वास्थ्यकर्मीहरुको लापरवाहीको कारण बच्चासहित आमाको मृत्यु भएको भन्दै स्थानीयहरुले विरोधसमेत गरेका छन्।  मृतककी बहिनी धर्मा भट्टराईले सुत्केरी आमाको अवस्था सामान्य भएपनि स्वास्थ्यकर्मीहरु उपचारमा चासो नदिंदा मृत्यु भएको दावी गरिन्।  उनले भनिन्, '२६ गते सम्म नर्मल छ भनेर रोके, पछि ५ बजेतिर स्वाँस फेर्न अप्ठ्यारो हुन थाल्यो, ज्वरो, टाउको दुख्न लागेको थियो, तर नर्सले सुत्न दिनु भने। '

यस्तै सोहि अस्पतलमा प्रशासनिक व्यस्थापन राम्रो नभएको र लापरबाही गर्ने गरेको स्थानीय पुष्पराज सुवेदीले बताए।  उनले भने, 'केहि दिन अगाडी यहि अस्पतालले सिएस ग-यो भनेर समाजिक संजालमा प्रचारप्रसार ग-यो।  '

यस्तै अस्पतालमा कुनै नर्स वा डाक्टरहरुको कारणले सुत्केरी र बच्चाको मृत्यु भएको भए त्यस्ता कर्मचारीलाई तुरुन्तै  कारबाही गरिने मालाखेती अस्पतालका प्रमुख अन्वेषक कोइरालाले बताए। उनले भने, 'यदि त्यो हो भने मा तपाईलाई आस्वासन दिन्छु मा भोलि नै कारबाही गराउछु। '

अस्पतालको लापरबाही भएको भन्दै सोमबार बिहान देखि स्थानीयहरुले सोहि अस्पतालको सेवा ठप्प परेका थिए।  अहिले लापरबाही गर्ने डाक्टर र नर्सलाई कानुनी रुपले कारबाही गर्न माग राख्दै आन्दोलनमा उत्रिएका छन्।