कोरोना अपडेट: आज थप १०६ जनामा कोरोना संक्रमण पुष्टि हुँदा एकको मृत्यु 

कोरोना अपडेट: आज थप १०६ जनामा कोरोना संक्रमण पुष्टि हुँदा एकको मृत्यु 

पछिल्लो २४ घण्टामा थप एकजनाको मृत्यु भएको छ भने थप १०६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

स्वास्थ्य मन्त्रालयको अनुसार पछिल्लो २४ घण्टामा १ हजार ८८३ नमुनामध्‍ये ५८१ जनाको पीसीआर परीक्षण गर्दा ६४ जना  र १ हजार ३०२ जनाको एन्टीजेन परीक्षण गर्दा ४२ जना गरी १०६ जनामा कोरोना संक्रमण देखिएको हो ।

यस्तै कोरोना संक्रिय संक्रमितको संख्या ४१४ पुगेको छ भने संस्थागत आईशोलेशनमा २५ जना, आईसीयूमा ७ जना र भेन्टिलेटरमा ३ जना उपचाररत छन् ।