एक वर्ष बितिसक्दा पनि विध्वंसमा संलग्नहरूलाई कारबाही भएन− प्रचण्ड

एक वर्ष बितिसक्दा पनि विध्वंसमा संलग्नहरूलाई कारबाही भएन− प्रचण्ड

नेपाली कम्युनिस्ट पार्टी ढर(नेकपा)का संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड'ले वर्षदिन बितिसक्दा पनि गएको भदौ २४ गते मुलुकभरि भएको विध्वंका संलग्नहरूलाई कारबाही नभएको बताएका छन्।

भदौ २४ गतेको घटनालाई स्मरण गरी प्रचण्डले भिडिओ सन्देश जारी गर्दै केही घन्टाभित्रै भएको विध्वंश रहस्यमयी रहेको र यसले गहिरो अनुसन्धान माग गर्ने बताएका हुन्।  

'यसले के माग गर्छ भने गहिरो अध्ययन-अनुसन्धान गरेर यो विध्वंस मच्चाउने तत्व को हुन्? वास्तविक दोषी को छन्? यसको सत्य-तथ्य अनुसन्धान गर्ने कुरा र दोषीलाई कारबाही गर्ने कुरा असाध्यै महत्वपूर्ण ठान्दछु,' उनले भने।

तर गएको एक वर्षमा त्यतातिर घटनाक्रम त्यस्तो नदेखिएको उनले बताए।

'मानव अधिकार आयोगद्वारा तयार पारिएको प्रतिवेदन पनि कार्यान्वयनतिर अगाडि बढेको छैन, बरु दराजमा थन्क्याउने काम भएको छ,' उनले भने।

भदौ २३ गते युवाहरूले सुशासन र पारदर्शिताको कुरा गरेको र ती युवाहरूको प्रतिनिधित्व भदौ २४ मा नरहेको उनले बताएका छन्।