एक वर्षको अवधिमा साढे १४ खर्ब व्यापार घाटा

एक वर्षको अवधिमा साढे १४ खर्ब व्यापार घाटा

काठमाडौं । सरकारले आर्थिक वर्ष २०८०–८१ मा १४ खर्ब ४० अर्ब ६० करोड ४२ लाख रुपैयाँ व्यापार घाटा व्यहोरेको छ ।आर्थिक वर्ष २०८०–८१ भर नेपालको व्यापार घाटा १४ खर्ब ४० अर्ब ६० करोड ४२ लाख ८४ हजार रुपैयाँ पुगेको भन्सार विभागको तथ्यांकले देखाएको हो । जुन गत आर्थिक वर्षको तुलनामा ०.९६ प्रतिशतले घटी हो  ।गत आर्थिक वर्ष २०७९–० मा नेपालको व्यापार घाटा १४ खर्ब ५४ अर्ब ५९ करोड १० लाख ७४ हजार रुपैयाँ रहेको थियो ।

भन्सार विभागका अनुसार एक वर्षमा नेपालले कुल आयात १५ खर्ब ९२ अर्ब ९८ करोड ५५ लाख २८ हजार रुपैयाँको आयात गरेको छ । गत आर्थिक वर्ष २०७९–८० मा देशको कुल आयात १६ खर्ब ११ अर्ब ७३ करोड १७ लाख ७० हजार रुपैयाँ रहेको थियो । जुन आर्थिक वर्ष २०८०–८१ मा १.१६ प्रतिशतले घटेको छ ।

त्यस्तै एक वर्षमा नेपालले १ खर्ब ५२ अर्ब ३८ करोड १२ लाख ४४ हजार रुपैयाँको सामान निर्यात गरेको छ । त्यसअघि आर्थिक वर्ष २०७९–८० मा देशको निर्यात १ खर्ब ५७ अर्ब १४ करोड ६ लाख ९५ हजार रुपैयाँ रहेको थियो । जुन आर्थिक वर्ष २०८०–८१ मा ३–०३ प्रतिशतले घटेको छ ।