एनपीएलः काठमाडौं गुर्खाजको पहिलो जित
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा काठमाडौं गुर्खाजले पहिलो जित हात पारेको छ ।सोमपाल कामीको कप्तानीङ्गा रहको कर्णाली याक्सलाई ३ विकेटले पराजित गर्दै काठमान्डुले पहिलो जित निकालेको हो ।कर्णालीले दिएको १५० रनको लक्ष्य काठमान्डुले ३ बल अगावै ७ विकेट गुमाएर १५३ रन बनाउँदै पूरा गरेको हो ।
काठमाडौंका लागि सुमित महर्जनले अविजित ४० रन बनाए । उनले ३७ बल खेल्दै ३ चौका र १ छक्का प्रहार गरे ।यस्तै जेरार्ड एरासमसले ३८ तथा कप्तान करण केसीले २८ रन बनाए ।
थर्ड पोल 