एमाले बैठकः चार एजेण्डामा समूहगत छलफल आजदेखि

एमाले बैठकः चार एजेण्डामा समूहगत छलफल आजदेखि


काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक जारी रहेको छ । हिजोदेखि सुरू भएको केन्द्रिय समितिको सातौं बैठकमा ६ वटा अजेन्डामाथी छलफल जारी राखिएको छ ।अध्यक्ष केपी शर्मा ओलीले उदघाटन मन्तब्य दिएको सो केन्द्रिय समिति बैठकमा समसामयिक राजनीतिक अवस्थाको बारेमा सम्बोधन गरेका हुन ।

 यसैगरी जारी बैठकमा सांगठनिक कामको समीक्षा, शुद्धीकरण तथा सुदृढीकरण कार्यक्रमको अवधारणा, जनआधारित कार्यकर्ता पार्टी निर्माणमा देखिएको समस्या र समाधानको उपाय, जनपरिचालनसहित समसमायिक राजनीतिक प्रस्तावबारे छलफल हुँदैछ । गत फागुन ३ गते बसेको सचिवालय बैठकले केन्द्रीय कमिटी बैठक आह्वान गरे अनुसार हिजोबाट केन्द्रिय समिति बैठक सुरू भएको हो ।