एमाले सचिवालय बैठक : अध्यक्षमा उठ्ने जानकारी गराउँदै वरिष्ठ उपाध्यक्ष पोखरेल

एमाले सचिवालय बैठक : अध्यक्षमा उठ्ने जानकारी गराउँदै वरिष्ठ उपाध्यक्ष पोखरेल

 नेकपा एमालेको सचिवालय बैठक बिहीबार दिउँसो बस्दैछ । बैठक दिउँसो १ बजेदेखि बस्ने तालिका छ ।

यस बैठकमा मंसिर २७ गतेदेखि हुन लागेको एघारौँ महाधिवेशन तयारीबारे छलफल हुनेछ।

बैठकमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले अध्यक्षमा उम्मेदवारी दिन लागेको औपचारिक जानकारी गराउने तयारी गरेका छन् ।

अध्यक्ष केपी शर्मा ओली तेस्रोपटक आफू नेतृत्वमा फर्किने तयारी गरिरहेका बेला पोखरेलले उनलाई टक्कर दिन लागेका हुन् । एमालेका एकजना शीर्ष नेताका अनुसार बैठकअघि यसबारे पोखरेल समूह छलफल गरिरहेको छ।