एसियन लाइफ इन्स्योरेन्सले गर्यो बोनस सेयर घोषणा, हकप्रद जारी गर्दै
काठमाडौं । एसियन लाइफ इन्स्योरेन्सले सेयरधनीका लागि बोनस सेयर घोषणा गरेको छ । कम्पनीको १८९ औं सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षसम्मको सञ्चित नाफाबाट चुक्ता पूँजीको ७.७५ प्रतिशत बोनस सेयर र सोको कर प्रयोजनका लागि ०.४० प्रतिशत नगद लाभांश घोषणा गरेको हो ।
कम्पनीले घोषित बोनस सेयरपछि चुक्ता पूँजी ३ अर्ब ३९ करोड ९८ लाख रुपैयाँ पुग्ने जनाएको छ । सो बोनस सेयरपश्चात ४२ प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने कम्पनीले स्पष्ट पारेको छ ।
थर्ड पोल 