कांग्रेसप्रति जनताको निराशा बढेकाले पार्टीलाई सुधार गरि अघि बढाउनुपर्छ : गगन थापा

कांग्रेसप्रति जनताको निराशा बढेकाले पार्टीलाई सुधार गरि अघि बढाउनुपर्छ : गगन थापा

पार्टीलाई सुधार गरि अघि बढाउनुको विकल्प नभएको नेपाली कांग्रेसका महामन्त्री गगन थापाले बताएका छन् । आज काठमाडौंमा आयोजित एक कार्यक्रममा थापाले पार्टी नेतृत्वको गलत निर्णयका कारण कांग्रेसप्रति जनताको निराशा बढेको भन्दै पार्टीलाई सुधार गरि अघि बढाउनुको विकल्प नभएको बताएका हुन् । महामन्त्री थापाले तल्लो तहमा गएर आवश्यक सुधार लिई त्यसका आधारमा पार्टी सुधारको अभियानलाई अघि बढाउनुपर्ने बताएका छन्  । 

अहिले कांग्रेस पहिलो पार्टी भएपनि कार्यकर्ता तहमा निराशा चुलिएको महामन्त्री थापाले भनाइ छ । महामन्त्री थापाले चुनाव अघिको गठबन्धनले नै पार्टीप्रतिको विश्वासमा संकट देखापरेको अवस्थामा आगामी चुनावमा सारा दलबीच गठबन्धन भएपनि कांग्रेस एक्लै चुनाव लड्छ भन्ने आश्वस्त पार्नुपर्ने धारणा राखेका छन् । नेतृत्वले ठिक ढंगले काम गर्न नसक्दा कार्यकर्ताहरूले पनि सही तवरले काम गर्न नसकेको यथार्थलाई अन्त्य गर्नुपर्ने उनको भनाइ छ ।