कनेक्ट नेपालको दशै तिहार अफर

दमकमा आक्रमक रुपमा सेवा विस्तारमा लागेको कनेक्ट नेपालले १० हजार ५ सय रुपियामा एक बर्षसम्म ४० एमबिपिएस स्पिडको ईन्टरनेट सेवा दिने सार्वजनिक गरेको हो । दमक तथा आसपासको क्षेत्रमा हामी सहज रुपमा गुणस्तरीय सेवा प्रदान गर्नेछौ, कोनेक्ट नेपालका तिर्थ नेपालले भने । मानिसहरु अब लगभग हरेक कार्य को लागी उच्च गति को आवश्यकता छ, यही कारण हो कि डाटा कनेक्टिविटी आवश्यकता रहेकाले त्यो पुर्ति गर्नका लागि हामी लागि परेका छौ, नेपालले भने । नेपालको २३ जिल्लाहरुमा र छिट्टै नेपाल भर मा सस्तो मूल्य मा एक विश्वसनीय इन्टरनेट सेवा प्रदानमा कोनेक्ट नेपाल लागेको छ । हामी उपभोक्ताका लागि उत्कृष्ट सेवासंगै आकर्षक प्याकेजहरु प्रदान गर्ने कोनेक्ट नेपालको दाबी छ । नेपालमा सन् २०१६ देखि यो ईन्टरनेट प्रदायक संस्थाले ईन्टरनेटको सेवा प्रदान गर्दै आएको छ ।

कनेक्ट नेपालको दशै तिहार अफर

प्रदेश नम्बर १ का सामाजिक विकास मन्त्री जयराम यादवले लैङ्गिक हिंसाविरुद्धको अभियानलाई गाउँ–गाउँमा पुर्याएर मात्रै लैङ्गिक हिंसा अन्त्य गर्न सकिने बताएका छन् ।

सामाजिक विकास मन्त्रालयले बिहीबार विराटनगरमा आयोजना गरेको लैङ्गिक हिंसाविरुद्धको १६ दिने साझा अभियानको शुरुवातमा बोल्दै मन्त्री यादवले यस्तो बताएका हुन् ।

उनले भने –‘सरकारले मात्रै अभियान सञ्चालन गरेर लैङ्गिक हिंसा अन्त्य गर्न कठीन छ । त्यसैले आ–आफ्नो तहमा सबै निकायले अभियान सञ्चालन गर्नुपर्दछ । यो निरन्तरको अभियानले मात्रै सम्भव छ ।’

‘घरैबाट शुरु गरौं, महिला हिंसा अन्त्य गरौं’ भन्न नाराका साथ अभियान शुरुवात गर्दे बिहीबार बिहान विराटनगरमा प्रभातफेरिसमेत गरिएको थियो । प्रभातफेरिमा सामाजिक विकास मन्त्री यादव, राज्यमन्त्री विष्णु तुम्बाहाङ्फे, विभिन्न सामाजिक संघ संस्थाका प्रतिनिधिहरु सहभागी थिए ।

अभियानमा सरकारी निकायका अतिरिक्त मानव अधिकार सञ्जाल, अन्तरपार्टी महिला सञ्जाल, नेपाल बार एशोसिएसन, कोशी अस्पताल, गैसस महासंघ, माइती नेपाल, विराटनगरका सामुदायिक विद्यालयलगायतका संस्थाहरुको सहभागिता छ ।