थप स्वास्थ्य उपचारको लागि राष्ट्रपति पौडेल नयाँ दिल्ली प्रस्थान

1.

आज राष्ट्रपति रामचन्द्र पौडेल थप स्वास्थ्य उपचारको लागि भारतको नयाँ दिल्ली प्रस्थान भएका छन्। बुधबार स्वास्थ्यमा समस्या देखिएपछि उनलाई श्रीएयरको एयर एम्बुलेन्समार्फत नयाँ दिल्ली लगिएको हो। 

आज राष्ट्रपतिलाई विमानस्थलमा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र परराष्ट्रमन्त्री एनपी साउदले लगायतले बिदाइ गरेका थिए। मंगलबार राष्ट्रपति पौडेललाई त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा भर्ना गरिएको थियो।  

यस्तै उनको उपचारका लागि नयाँ दिल्लीस्थित अल इन्डिया इस्टिच्यूट अफ मेडिकल साइन्सेस (एम्स) लैजान लागिएको जनाएइको छ । यसअघि उनको पेट देख्ने समस्या देखिएपछि राष्ट्रपति पौडेलको गत चैत १८ गते त्रिवि शिक्षण अस्पतालमा उपचार गरिएको थियो।  तर डाक्टरहरुले उनको ग्यास्ट्रिकको समस्या रहेको बताएका थिए।